२९ भदौ २०८३, सोमबार | Mon Sep 14 2026

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

७ साउन, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख १४ हजार ४९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र लाजिम्पाटमा रहेको बैंकको सेयर शाखामा के कति दरमा खरिद गर्ने हो उल्लेख गरी आवेदन दिनुपर्नेछ।

साथै, तोकिएको समयअवधिभित्र उक्त सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : July 23, 2025 at 9:48 am