सिटिजन्स बैंकको ५० हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
५ साउन, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि संस्थापक सेयरधनीको नाममा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११६ रुपैयाँ तोकिएको छ । सो सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र नारायणहिटी पथ काठमाडौंमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। साथै, तोकिएको समयभित्र सो सेयर खरिदका लागि संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
प्रकाशित मिति : 10:19









