२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

मञ्जुश्री फाइनान्सको न्युरोड शाखा स्थानान्तरण

५ साउन, काठमाडौं। मञ्जुश्री फाइनान्स लिमिटेडको न्युरोड शाखा कार्यालय अब काठमाडौं महानगरपालिका वडा नं २२, खिचापोखरी, न्युरोडमै करिब ५० मिटर उत्तरतर्फ स्थानान्तरण भई नयाँ स्थानबाट सेवा सञ्चालनमा आएको छ।

आइतबारदेखि सेवा प्रवाह थालेको नयाँ शाखाको समुद्घाटन फाइनान्सका सञ्चालक समितिका अध्यक्ष सुमन प्रसाद अधिकारीले गरेका हुन्। शाखा स्थानान्तरणको उद्देश्य ग्राहक सेवा अझ सहज बनाउने रहेको शाखा प्रमुख सञ्जीव श्रेष्ठले जानकारी दिए।

देशभर २७ शाखा र १ बिस्तारित काउन्टरमार्फत सेवा दिँदै आएको मञ्जुश्री फाइनान्सले हालसम्म २३ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन र १८.८ अर्ब रुपैयाँभन्दा बढी कर्जा परिचालन गरिसकेको छ।

सुलभ कर्जा र आकर्षक ब्याजदरका साथ उत्कृष्ट बैंकिङ सेवा दिँदै आएको फाइनान्सको हाल १ लाख ५० हजारभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन्। यो संस्थालाई देशकै अग्रणी फाइनान्स कम्पनीमध्ये एकका रूपमा लिइन्छ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार ०९:५८