हिमालयन बैंकको एफपीओमा अन्तिम दिनसम्म कति पर्याे आवेदन ?
४ साउन, काठमाडौं । हिमालयन बैंक लिमिटेडको एफपीओमा अन्तिम दिनसम्म मागभन्दा बढी आवेदन परेको छ । बैंकले असार ३२ गतेदेखि निष्काशन गरेको एफपीओमा अन्तिम दिनसम्ममा ९ लाख बढीले आवेदन दिएका हुन् ।
सिडिएसका अनुसार आज अन्तिम दिन साँझ ५ः०७ बजेसम्ममा एफपीओमा ६ अर्ब ४३ करोड १७ लाख ४० हजार रुपैयाँ बराबरकाे १७ लाख ८६ हजार ७८२ जनाले ४ करोड ९ लाख ६६ हजार ५०० कित्ता लागि आवेदन दिएका हुन् । जुन मागभन्दा ४.४२ गुणाले बढी आवेदन हो ।
बैंकले हाल बैंकको कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ। जसमध्ये ७२.९९ प्रतिशत हिस्सा संस्थापक समूहको रहेको छ भने २७.०१ प्रतिशत हिस्सा सर्वसाधारणको रहेको छ। अब सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउन बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ थप गरी जम्मा १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता थप सार्वजनिक निष्काशन गरेको हो।
प्रकाशित मिति : July 20, 2025 at 5:27 pm









