२१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026

प्रि ओपन सेसनमा करिब ८ अंकले बढ्यो नेप्से

४ साउन, काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ८ अंक बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ७.७५ अंक बढेर २८७८.३८ विन्दुमा पुगेको छ।

आइतबार प्रि ओपन सेसनमा ९३ स्टकको २५४ पटककाे काराेबारमा ८ करोड ६२ लाख १२ हजार २९३ रुपैयाँ ९० पैसाबराबरको १ लाख ६८ हजार ३७९ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आईतवार ११:०२