१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

सानिमा बैंकको दराजसँग ‘महाबचत बजार २०८२’ योजनाका लागि सहकार्य

१ साउन, काठमाडाैं । सानिमा बैंकले ग्राहकहरुका लागि ‘दराजसँग महाबचत बजार २०८२’ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ ।योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् रु ५०० सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रु ७५० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

 यो योजना २०८२ साउन २ देखि १५ गतेसम्म १४ दिनका लागि लागू हुनेछ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर संकलन गर्नुपर्नेछ । यसैगरी, क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी(ईमआई) सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति : July 17, 2025 at 3:46 pm