३० श्रावण २०८२, शुक्रबार | Sat Aug 16 2025

९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्दै झापा इनर्जी

३२ असार, काठमाडौं । झापा इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले बोर्डबाट अंकित मूल्य १०० रुपैयाँ दरको ९ करोड ५० लाख ४७ हजार ५०० रुपैयाँ बराबरको ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले आइपीओ निष्कासन गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिट लिमिटेड रहेको छ ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार ०९:२१