७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

यही चैत २१ गतेदेखि काठमाडौँबाट सुर्खेत सीधा हवाइ उडानः मन्त्री अधिकारी


९ चैत, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले यही चैत्र २१ गतेदेखि काठमाडौँबाट सुर्खेत सीधा हवाइ उडान हुने बताएका छन ।

मन्त्री अधिकारीले आफ्नो आधिकारिले ट्वीटर मार्फत २१ गतेदेखि हवाइ उडानको व्यवस्था मिलाएको जानकारी दिएका छन । उनले यस व्यवस्थाले कर्णाली प्रदेशको हवाई मागको सम्बोधन हुने जाएका छन ।

सीधा उडानको व्यवस्था गर्न बिहीबार पर्यटन मन्त्रालयमा नागरिक उडड्य प्राधिकरण, बिभिन्न एरलाइन्स र मन्त्रालयका पदाधिकारीहरु बीच छलफल भएको जानकारी समेत दिएका छन ।

प्रकाशित मिति : ९ चैत्र २०७४, शुक्रबार १०:११