६ महिनापछि बोलाइयो काठमाडौँ महानगरको कार्यपालिका बैठक
२६ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक भोलि बस्ने भएको छ। शुक्रबार दिउँसो २ बजे बैठक बोलाइएको हो ।
महानगरका मेयर बोलेन्द्र शाह र अन्य जनप्रतिनिधिबीच विवाद हुँदा ६ महिनादेखि कार्यपालिका बैठक बस्न सकेको थिएन। यही विवादकै कारण महानगरले बजेट समेत ल्याउन सकेको छैन्। मेयर शाहले काठमाडौं टावर नक्सा पास विवाद सुरू भएदेखि पुसबाट बैठक डाकेका थिएनन्।
प्रकाशित मिति : २६ असार २०८२, बिहीबार १४:५०