३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्धारा लाभांश घोषणा

१ पुष, काठमाडाैँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने घोषणा गरेको हो। मंसिर २९ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

प्रकाशित मिति : December 16, 2025 at 12:12 pm