मंगलबार यी कम्पनीको सेयरमूल्य बढ्यो सर्वाधिक
२४ असार, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा झिनाे अंकले घटेकाे छ । यस दिन नेप्से ०.१४ अंकले घटेर २६८३.८६ को विन्दुमा कायम भएको हो । आज नेप्सेमा कारोबार भएको ३०४ कम्पनीको १ करोड ५० लाख २७ हजार ३७२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार रुपैयाँको कारोबार भएको छ ।
यस दिन बुटवल पावर कम्पनीको सेयरमूल्य सर्वाधिक बढेको छ । यस दिन कम्पनीकाे सेयरमूल्य ८.२१ प्रतिशतले बढेको हो । त्यसैगरी यस दिन पिपुल्स हाइड्रोपावरको सेयरमूल्य ५.९६ प्रतिशत, रिभर फल्स पावरकोसेयरमूल्य ४.५९ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलवार १५:२४













