६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

सर्वसाधारणका लागि प्रभु बैंकको २१ लाख ५ हजार कित्ता सेयर बिक्रीमा

२३ असार, काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्री राखेको छ । बैंकले आजदेखि संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल २१ लाख ५ हजार ६७५ कित्ता संस्थापक सेयर  बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा आम सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । बैंकले यसअघि विद्यमान संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना जारी गर्दै उक्त सेयर बिक्रीमा राखेको थियो । तर संस्थापक सेयरधनीहरूबाट सो सेयर खरिदका लागि कुनै आवेदन नपरेकाले आम सर्वसाधारणका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

सर्वसाधारणले सो सेयर खरिदका लागि सूचना प्रकाशित भएको १५ दिनभित्र बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको ‘फिट एण्ड टेष्ट’को मापदण्ड पुरा हुने कागजातसहित आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : July 7, 2025 at 9:31 am