हिमालयन बैंकले १ अर्ब ४५ करोड कित्ता एफपीओ निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति
२२ असार, काठमाडौं। हिमालयन बैंक लिमिटेडले एफपीओ निष्कासन गर्ने भएको छ । बैंकले एफपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट आज अनुमति पाएको हो ।
बैंकले अंकित मूल्य १५७ रुपैयाँ दरको १ अर्ब ४५ करोड २३ लाख २३ हजार रुपैयाँ बराबरको कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्न बोर्डबाट अनुमति पाएको हो । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन बैंक लिमिटेड नै रहेको छ ।
प्रकाशित मिति : २२ असार २०८२, आईतवार १७:३८