नेपाल बैंककाे सञ्चालकमा खनाल र भट्टराई निर्वाचित
२२ असार, काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालकमा दुई जना निर्वाचित हुनुभएकाे छ । बैंक संचालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट बद्री खनाल र कर्मचारी सञ्चय कोषका तर्फबाट ध्रुव भट्टराई निर्वाचित हुनुभएकाे हाे ।
उहाँहरुले असार २१ गते बैंक संचालक समितिका अध्यक्षबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएकाे छ ।
प्रकाशित मिति : २२ असार २०८२, आईतवार १२:५१