बिहीबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
१९ असार, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा सुधार आएको छ । यस दिन नेप्से ९.१४ अंकले बढेर २७०३.९६ को विन्दुमा कायम भएको हो ।
आज नेप्सेमा कारोबार भएको ३११ कम्पनीको २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार रुपैयाँको कारोबार भएको छ ।
बिहीबार बुटवल पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३१ करोड ६८ लाख ८७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, सहास उर्जाको २७ करोड २८ लाख ७१ हजार रुपैयाँ, सप्तकोशी डेडलपमेन्ट बैंकको २६ करोड २८ लाख ४९ हजार रुपैयाँ, राधी विद्युत कम्पनीको २३ करोड ११ लाख २६ हजार रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चर बैंकको २२ करोड ३९ लाख ७३ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार १५:२४













