प्रि ओपन सेसनमा साढे ७ अंकले बढ्यो नेप्से
१८ असार, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ७ अंकले बढेर बन्द भएको छ।
यस दिन सो सेसनमा नेप्से ७.४९ अंकले बढेर २६६७.८९ विन्दुमा पुगेको छ। बुधबार प्रि ओपन सेसनमा ५७ स्टकको ९५ पटकको कारोबारमा १ करोड ११ लाख ८४ हजार ३२५ रुपैयाँ ३० पैसाबराबरको १४ हजार ८४९ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : १८ असार २०८२, बुधबार १०:५९













