२२ चैत्र २०८२, आईतवार | Mon Apr 6 2026

छुट्ला है ! एक इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१८ असार, काठमाडाैं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले भोली असार १९ गते एक दिनका लागि बुकक्लोज गर्दैछ।

यसकाे अर्थ आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै इन्स्योरेन्सको साधारण सभामा सहभागिता हुन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। इन्स्योरेन्सले असार ३० गते, सोमबार, अम्रपाली ब्याङ्क्वे एण्ड इभेन्ट प्रा.लि., भाटभटेनी, काठमाडौँमा ३१ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)प्रदान गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार ०९:१२