२ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026

दोर्दी खोला जलविद्युतको कम्पनी सचिवमा चौधरी नियुक्त

१७ असार, काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको कम्पनी सचिवमा कञ्चन चौधरी नियुक्त हुनुभएको छ । असार १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चौधरीलाई कम्पनी सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

उहाँलाई सोही दिनदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलवार १२:०४