छुट्ला है ! एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
१५ असार, काठमाडौं। लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआईसी) काे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आवका लागि प्रस्ताव गरेकोलाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि असार १६ गते बुक क्लोज गर्दैछ । यसकाे अर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै कम्पनीको उक्त लाभांश पाउन र सभामा सहभागी हुन सक्नेछन् ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई हाल कायम रहेको कम्पनीको चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३१६७९० नगद लाभांश लाभांश प्रदान गर्ने निर्णय गरेको छ । लाभांश पारित गर्न कम्पनीले असार ३० गते ललितपुरको जावलाखेलमा रहेको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान १० बजेबाट २३ औं वार्षिक साधारण सभा आयोजना गर्दैछ ।
प्रकाशित मिति : १५ असार २०८२, आईतवार ०९:५०













