नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम पनि घट्यो
१० असार, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा झिनाे अंककाे गिरावट आएको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन ५ अर्ब ७६ करोड ७८ लाख ९५ हजार रुपैयाँ बराबरको काराेबार भएकाे छ । सोमबार करिब साढे ६ अर्बको शेयर खरिदबिक्री भएको भएकाे थियाे ।
आज ओम मेगाश्री फर्मास्युटीकल्सको सेयरमूल्य सर्वाधिक बढेको छ । कम्पनीको आज ८.०१ प्रतिशत अर्थात एक सय दुई रुपैयाँले सेयरमूल्य बढेकाे हाे । एनआईसी एशिया डिबेञ्चर २०८५/८६ को मूल्य यस दिन सर्वाधिक घटेको छ।यस दिन बुटवल पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २७ करोड ६५ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रकाशित मिति : १० असार २०८२, मंगलवार १५:२८













