रिलायन्स फाइनान्सको सञ्चालकमा बिजुक्छे नियुक्त
१० असार, काठमाडौं। रिलायन्स फाइनान्स कम्पनी लिमिटेडको सञ्चालकमा युगेश लाल बिजुक्छे नियुक्त हुनुभएको छ । असार ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बिजुक्छेलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
उहाँलाई सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने गरी बाँकी कार्यकालका लागि सञ्चालक नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : १० असार २०८२, मंगलवार ११:०६












