७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

सेयर बजार निरन्तर ओरालो, बिमा समुहको शेयरमा १ सय २० अंकको गिरावट


८ चैत, काठमाडौँ । बिहीबार पनि शेयरबजार परिसूचक नेप्सेमा गिरावट आएको छ । कारोबार भएका धेरैजसो कम्पनीको मूल्य घटेपछि समग्र शेयरबजार पनि १० दशमलव ६३ अंकले घटेर १२ सय २० दशमलव ४४ अंकमा झरेको छ ।

बिहीबार सबैभन्दा धेरै बिमा समुहको शेयर १ सय २० अंकले घटेको छ भने होटल ५९, उत्पादन ३३, जलविद्युत २५ र लघुवित्त समूहको शेयर १९ अंकले आरालो लागेको छ ।

नेप्से घटेपनि बुधबारको तुलनामा बिहीबार कारोबार भने झण्डै ६ करोडले बढेको छ । बुधबार ३८ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा बिहीबार ४४ करोड १६ लाख रुपैयाँ बराबरका १० लाखभन्दा धेरै कित्ता शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहीबार १७:५०