यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
८ असार, काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्से ३२.१६ अंकले घटेर २५९६.७४ को विन्दुमा बन्द भएकाे हो । आज दोर्दी खोला जलविद्युतको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ७५ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको ७४ करोड ५८ लाख रुपैयाँ, राधि विद्युत कम्पनीको ४९ करोड ७२ लाख रुपैयाँ, सानिमा माइ हाइड्रोपावरको ४६ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : ८ असार २०८२, आईतवार १५:१९










