बिपी राजमार्गमा १५ दिन राति गाडी चलाउन रोक
६ असार, काठमाडौं । बीपी राजमार्गमा १५ दिनका लागि गाडी चलाउनका लागि रोक लगाइएको छ । शुक्रबार सिन्धुलीको खुर्कोटमा बसेको काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले बिपी राजमार्गमा राति गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो।
साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म मालवाहक गाडी बाहेक अन्य सवारी साधनलाई चल्न नदिने निर्णय भएको हो । काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट सडकखण्ड बढी जोखिमयुक्त भएकाले सार्वजनिक र निजी यात्रु गाडी चलाउन रोक लगाउने निर्णय हो ।
प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार १५:३८









