२२ चैत्र २०८२, आईतवार | Mon Apr 6 2026

स्वस्तिक लघुवित्तले २ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति

५ असार, काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ  । कम्पनीले आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले आइपीओ निष्कासन गर्ने छ ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरको २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार १५:०५