प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै सिम्रिक एयर
५ असार, काठमाडौं। सिम्रिक एयरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्तावसहित साधारण सभा बोलाएको छ । कम्पनीको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले असार २५ गते काठमाडौंमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा साँझ ५ बजेदेखि सभा बोलाएको छ ।
सभामा प्रिमियमा आईपीओ जारी गर्ने र बोनस सेयर वितरण गर्ने विशष प्रस्ताव पारित गरिनेछ । साथै, सभामा गत आर्थिक बर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र लेखापरीक्षणको प्रतिवेदनसहित उक्त आवको वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।
प्रकाशित मिति : ५ असार २०८२, बिहीबार ११:२४













