२२ चैत्र २०८२, आईतवार | Mon Apr 6 2026

मिडिल मोदी हाईड्रापावरले आईपीओ निष्कासन गर्ने

५ असार, काठमाडौं। मिडिल मोदी हाईड्रापावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले असार २९ गते ललितपुरको सानेपामा रहेको कम्पनीको सभा कक्षमा १३ औं वार्षिक साधारण सभा बोलाएको हो । सभा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने र यससम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने र आईपीओबाट प्राप्त रकमको उपयोगका बारेमा निर्णय गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार ०९:४८