३२ असार २०८२, बुधबार | Wed Jul 16 2025

एनएमबि बैंकको २ लाख ९० हजार कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?

४ जेठ, काठमाडौं । एनएमबि बैंक लिमिटेडले दुई जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख ९० हजार २९६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सो सेयरमा बैंकको संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन् ।

बिक्रीमा राखिएको सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको कम्पनीका सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ । साथै, तोकिएको समयअवधिभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरूबाट कुनै पनि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार ११:१७