नेप्सेमा एक कम्पनीको सेयरमूल्य समायोजन
२ असार, काठमाडौं । पिपुल्स पावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
कम्पनीले जारी गर्न लागेको १ः०।५० अनुपातको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । समायोजनपश्चात कम्पनीको सेयरमूल्य ३६१ रुपैयाँ १३ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य ४९१ रुपैयाँ ७० पैसाको आधारमा सेयरमूल्य समायोजन गरेको हो। सोही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ।
प्रकाशित मिति : २ असार २०८२, सोमबार ०९:३३













