२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

माबिलुङ इनर्जीले आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

१ असार, काठमाडौं। माबिलुङ इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट आज स्वीकृति पाएको हो ।

धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरमा १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको कुल १८ लाख ९० हजार ५३० कित्ता आइपीओ निष्काशन गर्ने छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : १ असार २०८२, आईतवार १७:४९