२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

नेप्सेमा सामान्य अंकको सुधार, कारोबार रकम भने घट्यो

१ असार, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । यस दिन नेप्से परिसूचक ०.४७ अंकले बढेर २६५५.८५ को बिन्दुमा बन्द भएको छ ।

यस दिन ९० कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ कम्पनीको सेयर मूल्य घटेको छ । यस दिन ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार रुपैयाँबराबरको कारोबार भएको छ । यस दिन तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ग्रिन डेभलपमेन्ट बैंक, पियोर इनर्जी लिमिटेड र छ्याङ्दी हाइड्रोपावरको सेयरमा यस दिन सकारात्मक सर्किट लाएको हो । नेपाल हाइड्रो डेपलभरका लगानीकर्ताले यस दिन सर्वाधिक गुमाएका छन् । यस दिन सानिमा माई हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ ।

प्रकाशित मिति : १ असार २०८२, आईतवार १५:३१