२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

ट्रेड टावरको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ?

१ असार, काठमाडौं । ट्रेड टावर लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको आईपीओ आज बाँडफाँड भएको हो । यतिबेला कम्पनीको आईपीओले पहिलो कारोबारका लागि कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने सबैको कौतुहलताको विषय बनेको छ ।

कम्पनीको आईपीओ बाँडफाँड भएसँगै आईपीओ पर्ने आम लगानीकर्ताहरूलाई उक्त कम्पनीको आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासोको विषय बन्ने गर्दछ । आफुलाई परेको आईपीओले दोस्रो बजारमा कारोबारका लागि कति रेञ्ज पाउला भनेर जिज्ञाशा हुनु स्वभाविक पनि हो ।

अहिले यस्तै चासोको बिषयमा रहको छ ट्रेड टावर लिमिटेड । यो कम्पनीको आईपीओ बाँडफाँड भइसकेकोले अब नेप्सेमा सूचिकृत भएसँगै दोस्रो बजारमा कारोबारमा आउने छ । पहिलो कारोबारका लागि ट्रेड टावरको आईपीओले १२३.०९ रुपैयाँदेखि अधिकतम ३६९.२७ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । कम्पनीको आव २०८०/८१ को वाास्तविक प्रतिसेयर नेटवर्थ १२३.०९ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : १ असार २०८२, आईतवार १५:०९