२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

ट्रेड टावरको आईपीओ तपाईलाई पर्यो कि ? यसरी हेर्नुहोस् नतिजा

१ असार, काठमाडाैं । ट्रेड टावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँड भएको हो।

कम्पनीले गत जेठ १४ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता आईपीओ निष्काशन गरेको थियो। सो निष्काशनमा कुल २० लाख ७४ हजार २८५ जनाले २ करोड ४१ लाख १७ हजार ४८० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये १४ हजार ८९७ आवेदन रद्द भएका छन् भने २० लाख ५९ हजार ३८८ आवेदन स्वीकृत भएका छन्।

कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण बाँडफाँड गोलाप्रथा विधिबाट बाँडफाँड हुनेछ । गोलाप्रथा विधिबाट बाँडफाँड गर्दा भाग्यमानी ३ लाख २९ हजार ६५० आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँड गर्दा शेष रहेको ५.१९ कित्तामध्ये ५ जनालाई १–१ कित्ताका दरले र एक जनालाई ०.१९ कित्ता बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।

कम्पनीको आईपीओको नतिजा केही समयपछि प्रकाशित हुनेछ । कम्पनीको आईपीओको नतिजाबिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट: https://lscapital.com.np/ipo,  सीडीएससीको मेरो सेयर पोर्टल: http://meroshare.cdsc.com.np/#/loginर   सीडीएससीको आधिकारिक वेबसाइट: http://iporesult.cdsc.com.np बाट हेर्न सकिनेछ ।

प्रकाशित मिति : १ असार २०८२, आईतवार १०:२८