२२ चैत्र २०८२, आईतवार | Mon Apr 6 2026

ट्रेड टावरको आईपीओ बाँडफाँड मिति तय, सेयर पाउने कति ?

३० जेठ, काठमाडाैं । ट्रेड टावर लिमिटेडको आईपीओ असार १ गते आइतबार बाँडफाँड हुने भएको छ । लक्ष्मी सनराइज क्यापिटलका अनुसार कम्पनीको आईपीओ आइतबार नयाँ बानेश्वरमा रहेको क्यापिटलको कार्यालयमा बाँडफाँड हुने भएको हो ।

कम्पनीले गत जेठ १४ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि ३२ लाख ९६ हजार ५०६ कित्ता आईपीओ जारी गरेको थियो । कम्पनीको आईपीओमा २१ लाख ६९ हजार ८९१ जना आवेदकले २ करोड ५७ लाख ७९ हजार ७९० कित्ता सेयरको लागि आवेदन दिएका छन्। यो मागभन्दा ७ं८२ गुणा बढी आवेदन हो । कम्पनीकाे आईपीओमा  मागभन्दा बढी आवेदन परेका कारण बाँडफाँड गोलाप्रथा विधिबाट बाँडफाँड हुनेछ । गोलाप्रथा विधिबाट बाँडफाँड गर्दा भाग्यमानी ३ लाख २९ हजार ६५० जनाले मात्र सेयर पाउनेछन्, भने १८ लाख ४० हजार २४१ जनाको हात खाली हुनेछ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार १८:०२