२२ चैत्र २०८२, आईतवार | Mon Apr 6 2026

हकप्रद निष्कासनका लागि जोशी हाईड्रोपावरले तोक्यो बुक क्लोज मिति

३० जेठ, काठमाडौं । जोशी हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्कासनका लागि असार ८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।

यसको अर्थ असार ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्रै कम्पनीको हकप्रद खरिदका लागि  आवेदन दिन सक्नेछन् । कम्पनीले १ः०.६५ अनुपातमा प्रतिसेयर रु.१०० अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता साधारण सेयर हकप्रद निष्कासन गर्नेछ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार ०९:३६