नेप्सेमा गिरावट, कारोबार रकम भने बढ्यो
२९ जेठ, काठमाडौं । साताको अन्तिम कारोबारकाे दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ७.१५ अंकले घटेर २६५७.३२ को विन्दुमा बन्द भएकाे छ । नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। यस दिन १२ अर्ब ५१ करोड ५३ लाख ८ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
पियोर इनर्जीको सेयरमा यस दिन पनि सकारात्मक लागेको छ । गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक घटेको छ । यस दिन ङादी ग्रुप पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ ।
प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहीबार १५:२०













