हिमालयन बैंकको ३१ हजार कित्ता सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने
२७ जेठ, काठमाडौं । हिमालयन बैंक लिमिटेडले केही संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै आम सर्वसाधारणका लागि ३१ हजार २३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बैंकले यसअघि ३५ दिने सूचना जारी गरी विद्यमान संस्थापक सेयरधनीहरुका लागि सेयर बिक्रीमा राखेको थियो । तर उक्त अवधिभित्र संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेकाले अन्य व्यक्ति,कम्पनी तथा संस्थाका लागि सेयर बिक्री गर्न लागेको बैंकले जनाएको छ ।
उक्त सेयर खरिद गर्न इच्छुक व्यक्तिले सूचना जारी भएको १५ दिनभित्र काठमाडौंको कमलादीमा रहेको बैंकको केन्द्रीय कार्यालयको कानून तथा सेयर विभागमा आवेदन दिनु पर्नेछ ।
प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलवार ०९:५६