१० माघ २०८२, शनिबार | Sat Jan 24 2026

सिटिजन्स बैंकद्वारा मधेश प्रदेशमा वृक्षारोपण सम्पन्न

२६ जेठ, काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेशनलले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ‘बिट द प्लाष्टिक ’भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने हेतुले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जेठ २६ गते सोमबारको दिन मधेश प्रदेशको धनुषामा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

विश्व वातावरण दिवस २०२५ को अवसर पारेर मधेश प्रदेश,जनकपुरधाम उपमहानगरपालिका–१३,मणी मण्डपमा करिव १०० भन्दा बढि विभिन्न प्रजातिका विरुवा रोपेर बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यस अघि नै देशका बिभिन्न स्थानहरुमा स्वास्थ शिविर सञ्चालन,समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोगहरु गरिसकेका छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ ईकाइहरुबाट १९ लाखभन्दा बढी ग्राहकवर्गलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार १४:४८