३ माघ २०८२, शनिबार | Sat Jan 17 2026

प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पतालको उदघाटन

२४ जेठ, मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी गाउँपालिका- २ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेशनको आज उद्घाटन गर्नुभएको छ ।

नेपालको पूर्वी क्षेत्रका विपन्न वर्गलाई सुलभ र गुणस्तरीय स्वास्थ सेवाको पहुँच पुर्याउने उद्देश्यले सामाजिक व्यवसायको भावनाबमोजिम सो अस्पताल स्थापना भएको हो ।

प्रधानमन्त्री ओलीलाई अस्पतालका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डललगायतले स्वागत गर्नुभएको थियो ।

प्रकाशित मिति : २४ जेष्ठ २०८२, शनिबार १७:५८