२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

नर्थ समिट हाइड्रोले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल

२३ जेठ, काठमाडौं। नर्थ समिट हाइड्रो लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात ३८ करोड ४० लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका कुल ३८ लाख ४० हजार आईपीओ निष्काशन गर्न लागेको हो ।

यसका लागि कम्पनी र माछापुच्छ्रे क्यापिटल लिमिटेबीच संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्न सम्झौता सम्पन्न भएको छ ।

सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र नर्थ समिट हाइड्रोको तर्फबाट प्रबन्ध सञ्चालक बालेन्द्र क्षेत्रीले हस्ताक्षर गर्नुभएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार १६:४३