१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

सानिमा बैंकका ग्राहकहरुलाई सफायर एस्थेटिक्समा विशेष छुट

२३ जेठ, काठमाडाैं। सानिमा बैंकले आफ्नाग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न ललितपुरको कुपोन्डोलमा रहेको सफायर एस्थेटिक्स प्रालिमा विशेष छुटको व्यवस्था गरेको छ ।

सानिमा बैंकका ग्राहकहरुले सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ(क्यूआर स्क्यान) प्रयोग गरी डिजिटल भुक्तानी गर्दा सफायर एस्थेटिक्सका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको जनाएको छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा एटीएम सञ्जालहरु सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति : June 6, 2025 at 2:57 pm