३ माघ २०८२, शनिबार | Sat Jan 17 2026

सप्तरीमा डाँका समूहद्वारा एक जनाको हत्या, गरगहना र नगद लुटपाट

२३ जेठ, सप्तरी । डाकाको एक समूहले सुरुङगा नगरपालिका– ८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्यासमेत गरेको छ ।बिहीबार राति डाकाको एक समूहले कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको तथा निजको हत्यासमेत गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

डाकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते हुनुभएको छ । चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको जनाउँदै प्रहरीले डाकाहरूको खोजी भइरहेको बताएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८२, शुक्रबार ०९:३८