सान्भि इनर्जीको आइपीओ कहिले हुन्छ बाँडफाँड ?
२२ जेठ, काठमाडौं । सान्भि इनर्जी लिमिटेडको आइपीओ अर्को साता मात्रै बाँडफाँड हुने भएको छ । अझै केही प्रक्रिया बाँकी रहेकाले अर्को साता मात्रै बाँडफाँड हुने बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङले जनाएको छ ।
कम्पनीको आइपीओमा अन्तिमदिनसम्म २१ लाख ८ हजार २३२ जनाले २ अर्ब ५८ करोड ९० लाख ६२ हजार रुपैयाँ बराबरको २ करोड ५८ लाख ९० हजार ६२० कित्ताको लागि आवेदन दिएका छन् । यो मागभन्दा १०।७१ गुणा बढी हो । कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा २ लाख ४१ हजार ५३० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १८ लाख ६६ हजार ७०२ जनाको भने हात खाली हुनेछ । यो कम्पनीको १० कित्ता सेयर हाता पार्न भाग्यकै भर पर्नुपर्ने देखिन्छ ।
कम्पनीले जेठ ९ देखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको हो ।
प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहीबार १७:२९













