चार कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?
२२ जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ५.९९ अंकले घटेर २६४०.९६ को विन्दुमा बन्द भएको छ ।
यस दिन चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन रिभर्स फल्स पावर, बुटवल पावर कम्पनी, पियोर इनर्जी लिमिटेड र बरुण हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लाएको छ । रिभर्स फल्सको यस दिन सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, बुटवल पावर र पियोर इनर्जीको सेयर मूल्य ९.९८ प्रतिशत र बरुण हाइड्रोपावरको ९.९६ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहीबार १५:२८













