२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

नेप्सेमा ३ कम्पनीको सेयरमूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?

२२ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ३ कम्पनीको सेयरमूल्य समायोजन भएको छ ।  नेप्सेमा नेशनल लाइफ, एनएलजी इन्स्योरेन्स र बरुण हाईड्रोको सेयरमूल्य समायोजन भएको हो ।

नेप्सेमा एनएलजी इन्स्योरेन्सको २.५० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ७४१.४८ रुपैयाँ हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ७६०.०२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।

त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ५९८.४४ रुपैयाँ हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार ६२८.३६ रुपैयाँ आधारमा मूल्य समायोजन गरेको छ ।

साथै, नेप्सेमा बरुण हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको १०० प्रतिशत हकप्रद पछि २९०.३६ रुपैयाँमा मूल्य समायोजन गरेको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ४८०.७२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा आज यी कम्पनीको सेयरबजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहीबार ०९:१५