२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

नेप्सेमा गिरावट, कारोबार रकम पनि घट्यो

२१ जेठ, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार पनि सेयर बजारमा आएको छ । यस दिन नेप्से परिसूचक ११.९७ अंकले घटेर २६४६.९५ को विन्दुमा बन्द भएको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन ५ अर्ब १६ करोड ३३ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जी लिमिटेडको सेयर मूल्यमा यस दिन सकारात्मक सर्किट लागेको हो । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य यस दिन सबैभन्दा बढी घटेको छ । यस दिन अरुण काबेली पावरको सर्वाधिक कारोबार भएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार १५:२९