२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

बरुण हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

२१ जेठ, काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयरका लागि जेठ २२ गते बुक क्लोज गर्दैछ । यसको अर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनी हकप्रद सेयर खरिद गर्न पाउछन् ।

कम्पनीले १ः१ अनुपातमा ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको कुल ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार ०९:२०