२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

ट्रेड टावरको आइपीओमा अन्तिम समयसम्म कति पर्यो आवेदन ?

२० जेठ, काठमाडौं । ट्रेड टावर लिमिटेडको आइपीओमा अन्तिम दिनसम्म २ अर्ब ५७ करोड ७९ लाख ७९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सिडिएसका अनुसार आज अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २१ लाख ६९ हजार ८९१ जना आवेदकबाट कुल २ अर्ब ५७ करोड ७९ लाख ७९ हजार रुपैयाँ बराबरको २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताका लागि आवेदन परेको हो । यो मागभन्दा ७.८२ गुणा बढी आवेदन हो ।

कम्पनीले गत जेठ १४ गतेदेखि आम सर्वसाधारणका लागि कुल ३२ लाख ९६ हजार ५०६ कित्ता सेयर जारी गरेको हो । कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा ३ लाख २९ हजार ६५० जनाले १० कित्ताका दरले सेयर पाउनेछन् । भने १८ लाख ४० हजार भन्दा बढीको हात खाली हुनेछ ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलवार १७:४६