३ माघ २०८२, शनिबार | Sun Jan 18 2026

काठमाडौं नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बित

२० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गरिएको छ। मंगलबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गर्नुभएको हो ।

यसअघि गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोध्नुभएको थियो । चित्तबुझ्दो जबाफ नआएपछि पाण्डेलाई निलम्बन गरिएको महानगर स्रोतले जानकारी दिएको छ । चैत २१ गते कार्यालय प्रवेश गर्न अवरोध पुर्याएको भन्दै गुरागाईंले जेठ ६ गते पाण्डेलाई स्पष्टीकरण सोध्नुभएको थियो ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलवार १६:५५