२३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

२० जेठ, काठमाडौं । साताको दोस्रो काारेबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ३५.७३ अंकले घटेर २६५८.९३ को विन्दुमा बन्द भएको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन ६ अर्ब ६७ करोड ९५ लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । यस दिन ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जी लिमिटेडको सेयरमा सकरात्मक सर्किट लाएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य यस दिन सबैभन्दा बढी घटेको छ । यस दिन राधी विद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलवार १५:३२